काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य ५ रुपैयाँले प्रतितोला १ हजार ९८५ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । यसअघि शुक्रबार प्रतितटोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्यमा भने गिरावट आएको छ । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा झरेको छ ।
गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो।