बीपी राजमार्ग हुँदै रामेछाप जाने वैकल्पिक सडक खुल्यो

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे-कानपुर-कोटतेमाल-पोखरी नारायणस्थान-मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।

यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ-सिन्दुरेटार-मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए ।

उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ ।

बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका-११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र ५०० भन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए ।

हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउँदै ११ बीमा कम्पनी, कुनले कति ? Read Previous

हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउँदै ११ बीमा कम्पनी, कुनले कति ?

चाँदीकाे मूल्य हालसम्मकै उच्च, सुनको भने घट्यो Read Next

चाँदीकाे मूल्य हालसम्मकै उच्च, सुनको भने घट्यो