काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एशोसिएसनको नयाँ कार्यसमित चयन भएको छ । एशोसिएसनको सोमबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमित चयन गरेको हो ।
एशोसिएसनको अध्यक्षमा रामेन्द्र रायमाझी (एनआइसी एशिया क्यापिटल) चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा मनिस नारायण जोशी (नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड), महासचिवमा निर्मल भट्टराई (गरिमा क्यापिटल), कोषाध्यक्षमा शिवान्त बहादुर पाडें (एनआइएमबी एस क्यापिटल) चयन भएका छन् ।
सदस्यहरूमा सन्दीप कार्की (सिद्धार्थ क्यापिटल), लेखनाथ पोखरेल (नेपाल एसबीआई मर्चेन्ट बैंकिङ) र पुष्पा शर्मा (कुमारी क्यापिटल) रहेका छन् ।
विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरू नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।