राहत कोषमा राष्ट्रिय वाणिज्य बैंकद्वारा २ करोड सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा १ अर्ब रुपैयाँ दाखिला गर्ने निर्णय गरेको थियो ।

बाढीपहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, सबैभन्दा धेरै कृषिमा Read Previous

बाढीपहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, सबैभन्दा धेरै कृषिमा

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश Read Next

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश