काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी विरुद्ध साइबर अपराधका दुई वटा मुद्दा परेका थिए । अदालतले दुवै मुद्दाको एकैपटक सुनुवाई गर्दै ५०/५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो।