
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक बीच विशेष छुट सम्बन्धि समझदारी भएको छ ।
सम्झौतापत्रमा आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र कलेज अफ मेडिकल साइन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्समा प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिए बापत विशेष छुट पाउने छन् ।
सीओएमएसमा उपचार गर्दा औषधि, सीटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।
बैंकका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा बिल भुक्तानी गर्नुपर्ने छ । तर, यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।
प्रभु बैंकले हाल देशभरका ३१५ शाखा कार्यलय, २८६ एटीएम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा वढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।