आफूखुसी बढाइएको हवाई भाडा घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले हवाई भाडा घटाउन निर्देशन दिएको छ ।

आइतबार समितिले एक विज्ञप्ति जारी गर्दै संकटका बेला एयरलाइन्स कम्पनीहरूले आफूखुसी भाडा बढाएको भन्दै तत्काल घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

शुक्रबारदेखि परेको अबिरल वर्षका कारण काठमाडौं भित्रिने सबै राजमार्ग बन्द छन् । सडकमार्गको एकमात्र विकल्प हवाई सेवा हो । यस्तो विपदको बेलामा सहयोग गर्नुपर्नेमा उल्टो भाडा बढाएको भन्दै हवाई भाडा नियन्त्रणमा लिन समितिले निर्देशन दिएको छ ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवातजावातको विकल्पको रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ,’ समितिको पत्रमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध छ ।’

गण्डकी सरकारको साझा संकल्प : यातायात सेवा अनलाइनबाट, लाइसेन्स आफैं छाप्ने Read Previous

गण्डकी सरकारको साझा संकल्प : यातायात सेवा अनलाइनबाट, लाइसेन्स आफैं छाप्ने

प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा २०% सम्म छुट पाउने Read Next

प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा २०% सम्म छुट पाउने