कामना सेवा विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभाता तथा लाभांश प्रयोजनका लागि भोलि (असोज १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले असोज ३० गते १८औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ ।

प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा २०% सम्म छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा २०% सम्म छुट पाउने

निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने Read Next

निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने