सुनको मूल्यमा लगातार छैटौं दिन रेकर्ड, तोलाको १ लाख ६१ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार छैटौं दिन नयाँ रेकर्ड बनाएको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अमेरिकी केन्द्री बैंकले ब्याजदर कटौती गरेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ६८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर कर्जा : ५० लाखभन्दा कम ऋण लिने घटे, १ करोड बढी लिने बढे Read Previous

सेयर कर्जा : ५० लाखभन्दा कम ऋण लिने घटे, १ करोड बढी लिने बढे

जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर कालोपत्र Read Next

जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर कालोपत्र