जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोर अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।

जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्र्तगत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न रू. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोर अन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको ११० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।

२५ किलोमिटर लामो चराङ-छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।रासस

सुनको मूल्यमा लगातार छैटौं दिन रेकर्ड, तोलाको १ लाख ६१ हजार नाघ्यो Read Previous

सुनको मूल्यमा लगातार छैटौं दिन रेकर्ड, तोलाको १ लाख ६१ हजार नाघ्यो

पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक बन्द Read Next

पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक बन्द