खेती कर्जाका लागि एनएमबी बैंक र वाग्मती गाउँपालिका बीच सम्झौता

काठमाडौं । एनएमबी बैंक लिमिटेड, डीभी एक्सेलस प्रालि (खेती एप) र वाग्मती गाउँपालिका मकवानपुर बीच एनएमबी डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।  गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई केन्द्रित गर्दै यो सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलसको तर्फबाट सहसंस्थापक न्युराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

एनएमबी बैंक र डीभी एक्सेलस बीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्णरूपमा डिजिटल कर्जा प्रदान गर्न सम्झौता भएबमोजिम एनएमबी खेती कर्जा प्रदान गर्दै आइरहेकव छ ।

वाग्मती गाउँपालिकाले कृषि व्यवसायमा संलग्नहरूलाई यस डिजिटल कर्जामार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्न तीनवटै संस्था मिलेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, प्राप्त गर्नयोग्य किसानलाई कर्जाका लागि सहजीकरण गर्ने, ऋणीहरूलाई विभिन्न खालका परामर्श सेवा प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयहरूमा सहमति भएको छ ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

सामाजिक संजालमा आउने विश्लेषणलाई आधार मानेर सेयरमा लगानी नगरौं : नेप्से Read Previous

सामाजिक संजालमा आउने विश्लेषणलाई आधार मानेर सेयरमा लगानी नगरौं : नेप्से

दीपेन्द्र अग्रवालले तिरेनन् ब्रोकरको १६ करोड, सीआइबीमा उजुरी Read Next

दीपेन्द्र अग्रवालले तिरेनन् ब्रोकरको १६ करोड, सीआइबीमा उजुरी