सामाजिक संजालमा आउने विश्लेषणलाई आधार मानेर सेयरमा लगानी नगरौं : नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न आग्रह गरेको छ ।

नेप्सेले एक सूचना जारी गर्दै सामाजिक संजालमा विश्लेषक तथा विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको हो ।

नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट गरेको छ ।

नेप्सेले फेसबुक, ट्विटर, क्लब हाउसजस्ता सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा आउने विश्लेषणलाई सत्यताको आधारमा परीक्षण नगरीकन लगानी गर्दा जोखिम उत्पन्न हुन सक्ने भन्दै सचेत गराएको छ ।

नेप्सेले तथ्यमा आधारित भई यथार्थ बुझेर मात्र लगानी गर्न लगानीकर्ताहरूलाई अनुरोध समेत गरेको छ ।

हिमालय ऊर्जाकाे साढे १४ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट भर्ने ? Read Previous

हिमालय ऊर्जाकाे साढे १४ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट भर्ने ?

खेती कर्जाका लागि एनएमबी बैंक र वाग्मती गाउँपालिका बीच सम्झौता Read Next

खेती कर्जाका लागि एनएमबी बैंक र वाग्मती गाउँपालिका बीच सम्झौता