हिमालय ऊर्जाकाे साढे १४ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट भर्ने ?

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता सेयर  लिलामीमा आएको छ ।

कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म बिक्रीमा ल्याएको ९९ लाख कित्ता हकप्रद सेयर मध्ये अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामी सेयरमा असोज १४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाई बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक काम नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै, नबिल बैंकको रंगेलीरोड (विराटनगर), भानुचोक (जनकपुर), सूर्यविनायक (भक्तपुर), सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन Read Previous

मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन

सामाजिक संजालमा आउने विश्लेषणलाई आधार मानेर सेयरमा लगानी नगरौं : नेप्से Read Next

सामाजिक संजालमा आउने विश्लेषणलाई आधार मानेर सेयरमा लगानी नगरौं : नेप्से