मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न एउटा समिति गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुनेगरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह उत्पादक किसानको समस्या तत्काल समाधान गर्न जरुरी रहेको बताए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताए ।

मह उत्पादक किसानले हाल मौज्दात रहेको दुई हजार १०० मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन् । मह आयात रोके पनि सिरफका रुपमा यस्को आयात भइरहेको भन्दै किसानले आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकारसमक्ष राखेका छन् ।

सन नेपाल लाइफका दुई नयाँ बीमा योजना सार्वजनिक Read Previous

सन नेपाल लाइफका दुई नयाँ बीमा योजना सार्वजनिक

हिमालय ऊर्जाकाे साढे १४ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट भर्ने ? Read Next

हिमालय ऊर्जाकाे साढे १४ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँबाट भर्ने ?