दीपेन्द्र अग्रवालले तिरेनन् ब्रोकरको १६ करोड, सीआइबीमा उजुरी

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले सेयर किनेको १६ करोड रुपैयाँ नतिरेको भन्द्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीमा उजुरी परेको छ ।

सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २० )ले अग्रवाल विरुद्ध सीआइबीमा उजुरी हालेको हो । अग्रवालले लामो समयदेखि हिसाब किताब फरफारक नगरेको ब्रोकरले जनाएको छ ।

यसअघि हिसाब फरफारक गर्नका लागि असोज ४ गते ग्लोबल बैंकको टोखा शाखामा पुगेको र अग्रवालले शाखा प्रबन्धकसँग आफैँ कुरा मिलाएर आउँछु भन्दै चेक लिएर फरार भएको ब्रोकर कम्पनीले जनाएको छ ।

ब्रोकरले अग्रवालले आफ्नो कम्पनीको चेक चोरे भागेको समेत आरोप लगाएको छ । अग्रवालले यस अघि अरु ब्रोकर कम्पनीहरूलाई पनि पीडित बनाएको सिप्लाको भनाइ छ ।

सिप्लाले आफूले अग्रवाल विरुद्ध सीआइबीमा मुद्दा दायर गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ पत्र पठाएको छ ।

अग्रवाल सेयर बजारमा विवादित पात्र हुन् । उनी माथि केही कम्पनीको मूल्यमा खुलेआम चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

खेती कर्जाका लागि एनएमबी बैंक र वाग्मती गाउँपालिका बीच सम्झौता Read Previous

खेती कर्जाका लागि एनएमबी बैंक र वाग्मती गाउँपालिका बीच सम्झौता

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट Read Next

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट