नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता १११ अंकले घटेको नेप्से आइतबार ११ अंकले बढे पनि आज फेरि ५९ अंकले घटेको हो ।

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा आइपुगेको छ । आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार कममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५७ करोड रुपैयाँले बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचकमा गिरावट आएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ५.५६ प्रतिशतले घटेको छ । त्यस्तै, होटल र व्यापार समूहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक २१ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत घटेको छ ।

आज हिमालयन हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.८४ प्रतिशत कमाएका छन् ।

दीपेन्द्र अग्रवालले तिरेनन् ब्रोकरको १६ करोड, सीआइबीमा उजुरी Read Previous

दीपेन्द्र अग्रवालले तिरेनन् ब्रोकरको १६ करोड, सीआइबीमा उजुरी

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?