काठमाडौं । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दास्तिदार ‘बैंकिङ सिइओ अफ द इयर नेपाल २०२४’ बाट सम्मानित भएका छन्।
ग्लोबल बैंकिङ एण्ड फाइनान्स अनलाइन म्यागजिनले दास्तिदारलाई ‘बैंकिङ लिडससिप अवार्ड’ अन्तर्गत सम्मान गरेको हो।
ग्लोबल बैंकिङ एण्ड फाइनान्स अनलाइन म्यागजिनले विभिन्न मुलुकका ६ प्रमुख कार्यकारी अधिकृतलाई ‘बैंकिङ लिडससिप अवार्ड’ प्रदान गरेको छ।
ग्लोबल बैंकिङ एण्ड फाइनान्स अनलाइन म्यागजिन दुई सयभन्दा बढी मुलुकमा पढिने म्यागजिन हो।
भारतको ए एण्ड जे ग्रिनलेजबाट करिअर सुरुवात गरेका दास्तिदारसँग ३० वर्ष लामो बैंकिङ अनुभव छ। उनले यसअघि श्रीलंका र फिलिपिन्समा पनि बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्।