ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कार्डबाहकहरूले बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरूले बिग मार्टमा सामान खरिदपछि भुक्तानीमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने भएका हुन् ।

याे छुट अफर बिगमार्टका सबै स्टोरहरूमा हरेक शनिबार मात्र लागू हुने कम्पनीले जनाएको छ ।

ग्राहकको सुविधालाई मध्येनजर गरी बैंकले विभिन्न संघ-संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

उद्योग वाणिज्य महासंघले संचालनमा ल्यायो बिजनेस इन्टेलिजेन्स सिस्टम Read Previous

उद्योग वाणिज्य महासंघले संचालनमा ल्यायो बिजनेस इन्टेलिजेन्स सिस्टम

स्ट्याण्डर्ड चार्टर्डका सीईओ अनिर्वाण बने 'बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’ Read Next

स्ट्याण्डर्ड चार्टर्डका सीईओ अनिर्वाण बने 'बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’