उद्योग वाणिज्य महासंघले संचालनमा ल्यायो बिजनेस इन्टेलिजेन्स सिस्टम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआइएस) को औपचारिक सुरुआत गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच यस प्रणालीको उद्घाटन गरेका हुन् ।

महासंघका सदस्यहरूको डटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।

यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरूको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आवद्ध छन । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहने छ ।

यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकासन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।

यो प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।

सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।

 

 

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जगाएको छ : अध्यक्ष ढकाल  Read Previous

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जगाएको छ : अध्यक्ष ढकाल 

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट Read Next

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट