दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउने आज अन्तिम दिन रहेको छ ।

सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (असोज ७ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै दुवै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

सीईडीले हाइड्रोपावरले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर प्रस्थताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा साधरण सभा बोलाएको छ ।

त्यसैगरी, ओरियन्टल होटल्सले गत वर्षको नाफाबाट ५ प्रतिशत बोन सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उत्तल लाभांश पारित गर्न ओरियन्टलले असोज २० गते २७ औं वार्षिक साधरण सभा बोलाएो छ ।

कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुुरु हुनेछ।

स्ट्याण्डर्ड चार्टर्डका सीईओ अनिर्वाण बने 'बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’ Read Previous

स्ट्याण्डर्ड चार्टर्डका सीईओ अनिर्वाण बने 'बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’

साँगा-धुलिखेल सडकमा जग्गा अधिग्रहण गर्नै कठिन, आनाकै ६५ लाख मागे Read Next

साँगा-धुलिखेल सडकमा जग्गा अधिग्रहण गर्नै कठिन, आनाकै ६५ लाख मागे