काठमाडौं । एनआइसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको उद्धघाटन ललितपूर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे।
बैंकले हाल देशभरका ३१३ शाखा कार्यालयहरु, ४०५ एटीएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।