वार्षिकोत्सवका अवसरमा सिद्धार्थ बैंकको विशेष छुट योजना

काठमाडौं । सिद्धार्थ बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकको सुविधाको लागि विशेष छुट योजना ल्याएको छ।

 

१७ औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले पुस ९ देखि माघ १० गतेसम्म लागू हुने गरी छुट योजना ल्याएको हो। पुस ९ गते बैंकको वार्षिकोत्सव हो।

 

बैंकले दराजमा कार्ड मार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५ सय रुपैयाँसम्म) छुट दिने भएको छ । पहिलो दुई पटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याक दिने भएको छ ।

 

यस्तै, पहिलो दुई पटक ५ सय वा सो भन्दा बढी रकमको मेसिन मार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक, एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५ हजार रुपैयाँको पस मेसिनमार्फत् कारोबार गर्दा १ हजार रुपैयाँ क्यास ब्याक दिने जनाएको छ । बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५ सय रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक दिने छ ।

 

बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १ हजार ६ सय भन्दा बढी पस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

नक्कली नोट कारोवार गर्ने चार जना बङ्गलादेशी पक्राउ Read Previous

नक्कली नोट कारोवार गर्ने चार जना बङ्गलादेशी पक्राउ

एनआइसी एशिया बैंकको नयाँ शाखा सानेपामा Read Next

एनआइसी एशिया बैंकको नयाँ शाखा सानेपामा