बैंक लुटेर ‘मेरी क्रिसमस’ भन्दै १० हजार डलर हावामा उडाउने व्यक्ति पक्राउ

अमेरिकाको कोलोराडोस्थित एक बैंकबाट १० हजार डलरका बण्डल लुटेर बाहिर निस्किएर ‘मेरी क्रिसमस’ भन्दै रकम हावामा उडाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सेतै दाह्री फुलेका ती व्यक्ति ६५ वर्षिय डेभिड वायने ओलिभर भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो उनले बैंक लुटेका हुन् । उनले हतियार प्रयोग गर्न सक्ने भन्दै धम्क्याएर रकम लुटेका थिए ।

 

बाहिर निस्केर उनले रकमको बण्डल आकाशतिर फाल्दै मेरी क्रिसमस भनेका थिए । उनले फालेको रकम स्थानीयले जम्मा गरेर बैंकमा बुझाएका थिए । प्रहरीले निज व्यक्तिलाई स्थानीय कफी सपबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई भोलि बिहीबार स्थानीय अदालतमा लग्ने बताइएको छ ।
-एजेन्सी

एनआइसी एशिया बैंकको नयाँ शाखा सानेपामा Read Previous

एनआइसी एशिया बैंकको नयाँ शाखा सानेपामा

बच्चा जन्मिएलगत्तै  बैंक खातामा ६ हजार जम्मा हुने Read Next

बच्चा जन्मिएलगत्तै बैंक खातामा ६ हजार जम्मा हुने