नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् ।

नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार नबिल बैंकका ग्राहकले र्‍याकार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटीएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' हेर्न जानेलाई यी १४ ठाउँमा निःशुल्क पार्किङ Read Previous

दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' हेर्न जानेलाई यी १४ ठाउँमा निःशुल्क पार्किङ

अमेरिकी केन्द्रीय बैंकले ४ वर्षपछि घटायो ब्याजदर Read Next

अमेरिकी केन्द्रीय बैंकले ४ वर्षपछि घटायो ब्याजदर