दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हेर्न जानेलाई यी १४ ठाउँमा निःशुल्क पार्किङ

काठमाडौं । आज संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’ हेर्न जानेको सुविधाका लागि १४ ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी पार्किङस्थल तथा डाइभर्सन रुटको बारेमा जानकारी गराएको हो ।

ट्राफिक प्रहरीका अनुसार आजका लागि टुडिँखेल, धरहरा, प्रज्ञा भवन, भृकुटीमण्डप, काठमाडौं भ्यूटावर, नेपाल स्काउट लैनचौर खानी विभाग, संचयकोष भवन (ठमेल), सानो गौचरण, नारयणचौर वरिपरी, कृष्ण पाउरोटी, खुशिबु करिडोर, महेन्द्र शालिक कृष्णपाउरोटी र प्रदर्शनी मार्गमा पार्किङको व्यवस्था गरिएको छ ।

त्यस्तै, ट्राफिक प्रहरीले विभिन्न मार्ग हुँदै दरबारमार्ग आउने सवारीसाधहरूलाई डाइभर्सन गरेको छ । कार्यालयका अनुसार केशरमहल, जयनेपाल र तीनधारबाट दरबारमार्ग आउने सवारीसाधनलाई पूर्ण रुपमा डाइभर्सन गरिएको छ ।

त्यसैगरी, लैनचौरबाट केशरमहलतर्फ, नागपोखरीबाट जयनेपाल तर्फ, कृषणपाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ, भोटाहिटीबाट जमलतर्फ र ठमेल संचय कोषबाट केशरमहलतर्फ डाइभर्सन गरिएको छ ।

नेपालमा व्यापार वृद्धि र लगानीका लागि सहयोग गर्न क्यानडालाई आग्रह Read Previous

नेपालमा व्यापार वृद्धि र लगानीका लागि सहयोग गर्न क्यानडालाई आग्रह

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट Read Next

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट