हिमालयन बैंकको १५ प्रतिशत प्रमोटर सेयर साधारण बनाउनु पर्ने

काठमाडौं । यसअघि १५ प्रतिशत मात्र साधारण सेयर निष्कासन गरेको हिमालयन बैंकले थप १५ प्रतिशत साधारण सेयर जारी गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई पत्र लेख्दै थप १५ प्रतिशत साधारण सेयर निष्कासन गर्न भनेको हो ।

 

थप १५ प्रतिशत सेर निष्कासनपछि सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुग्छ भने ८५ प्रतिशत रहेको संस्थापक सेयर घटेर ७० प्रतिशतमा आउने छ ।

 

हिमालयन बैंकमा संचालक समितिमा प्रतिनिधित्वको हिसाबले विवाद रहदै आएको र बोर्डमा पनि बेलाबखत निकै ठूलो टसल रहने गरेकाले केन्द्रिय बैंकले साधारण सेयरको हिस्सा बढाउन निर्देशन दिएको बुझिएको छ । हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयर

 

पाकिस्तानको हबिब बैंकको नाममा रहेको छ । हबिब बैंकको नाममा २० प्रतिशत सेयर स्वामित्व छ । यसबाहेक कर्मचारी संचय कोषको नाममा १४ प्रतिशत सेयर स्वामित्व छ । बाँकी ५१ प्रतिशत सेयर बिभिन्न नेपाली व्यवसायी घरानाको रहेको छ ।

घर र गाडी किन्न लोन खोज्नेलाई थप कठिन Read Previous

घर र गाडी किन्न लोन खोज्नेलाई थप कठिन

स्मार्ट सिटी भित्र कृषिको लागि जमिन छोड्नु पर्ने ! Read Next

स्मार्ट सिटी भित्र कृषिको लागि जमिन छोड्नु पर्ने !