घर र गाडी किन्न लोन खोज्नेलाई थप कठिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट गाडी किन्न र घर किन्न माग गरेको कर्जाको इएमआई सम्बन्धीत व्यक्तिको मासिक आम्दानीको ५० प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था गरेको छ ।

 

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तर्फको घर निर्माण/खरिद तथा हायर पर्चेज कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत हुनुपर्ने व्यस्था गरेको हो ।

 

अब कुनै व्यक्तिले मासिक आम्दानी ६० हजार रुपैयाँ गरिरहेको छ भने उसले मासिक ३० हजार रुपैयाँसम्म किस्ता बन्नेगरि मात्र कर्जा पाउने छ । यदि उसले लिन खोजेको ऋणको किस्ता ३० हजारभन्दा माथि पुगेको खण्डमा उसले कर्जा पाउने छैन ।

 

राष्ट्र बैंकले लागु गरेको ऋण आम्दानी रेसियोको व्यवस्था कतिपय बैंक तथा वित्तीय संस्थाले यसअघि नै लागु गरेका छन् ।

‘टास्क फोर्स’ नै खडागरी खाल्टाखुल्डी पुर्दै सरकार Read Previous

‘टास्क फोर्स’ नै खडागरी खाल्टाखुल्डी पुर्दै सरकार

हिमालयन बैंकको १५ प्रतिशत प्रमोटर सेयर साधारण बनाउनु पर्ने Read Next

हिमालयन बैंकको १५ प्रतिशत प्रमोटर सेयर साधारण बनाउनु पर्ने