‘टास्क फोर्स’ नै खडागरी खाल्टाखुल्डी पुर्दै सरकार

" माघ १५ भित्र सडकमा परेका खाल्डाखुल्डी पुर्ने लक्ष्य"

काठमाडौं । सडक विभागले सडकका खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’ नै तयार गरी काम सुरु गरेको छ ।

 

पछिल्लो समय उपत्यकाका अधिकांश सडकका खाल्डाखुल्डी धमाधम पुरिदैंछ । विभागले दिनभर खाल्डाखुल्डी पुर्ने र पत्र थप्ने काम गरिरहेको छ भने बेलुकी सडक पेन्टिङ गर्ने काम गरिरहेको छ ।

 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार उपत्यकाका ६० प्रतिशत खाल्डाखुल्डी पुरिसकिएको छ । विभागको क्षेत्राधिकार भित्र पर्ने अधिकांश सडकका ‍खाल्डाखुल्डी पुरिने क्रममा रहेको उनले बताए ।

 

पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभागले नेपालभर आफ्नो मातहतमा पर्ने सबै सडकका खाल्टाखुल्डी पुर्ने काम सुरु गरेको हो । विगतमा चिसोका कारण कालोपत्रे नटिक्ने भन्दै पुस लागेपछि सडक कालोपत्रेको काम रोकिने भएता पनि यो पटक निरन्तरता दिइएको छ ।

 

सडक विभागले माघ १५ भित्र आफ्नो क्षेत्राधिकार भित्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने लक्ष्य राखेको छ ।

 

लक्ष्यअनुसार अहिले दैनिक २ सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको शर्माले बताए ।

 

सडक विभाग अन्तर्गत देशभरका १५ हजार किलोमिटर बढि सडक पर्दछन् ।

सेल पे र सस्तोडिलबीच सेल एब्रेसन अफरको सहकार्य Read Previous

सेल पे र सस्तोडिलबीच सेल एब्रेसन अफरको सहकार्य

घर र गाडी किन्न लोन खोज्नेलाई थप कठिन Read Next

घर र गाडी किन्न लोन खोज्नेलाई थप कठिन