काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘तिमी लाइ पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट आइपी टीभी जडान गर्ने दुवै जनाले गरी ६ महिनाको बोनस पाउने भएका छन् ।
कम्पनिका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना सम्मको इन्टरनेट आइपी टीभी बोनस पाउने भएका छन् ।
साथै वाइफाइ ६ भएको डुवल ब्याड राउटर समेत निःशुल्क पाउने छन् । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एमबीपीएस देखि ३०० एमबीपीएससम्मको १ वर्ष को इन्टरनेट आइपी टीभी जडान गर्दा रिफर बोनस पाउने छन।
१२५ एमबीपीएस जडान गर्दा प्रतिमहिना ३०३ रुपैयाँ र २०० एमबीपीएस जडानमा प्रतिमहिना ५९१ रुपैयाँ लाग्ने छ। आफ्नो आफन्त छर छिमेकी साथीभाइ स्टमित्रहरुलाई क्लासिक टेक मोबाइल एप बाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।
उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ।