सुनको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । शुक्रबार मात्रै हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ २८ गते सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँ बढेर १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

३ हजार माथि सेयर मूल्य रहेका 'हटकेक' ३ लघुवित्त, कति दिन सक्छन् लाभांश ? Read Previous

३ हजार माथि सेयर मूल्य रहेका 'हटकेक' ३ लघुवित्त, कति दिन सक्छन् लाभांश ?

क्लासिक टेकको इन्टरनेट जडानका लागि रिफर गर्दा ६ महिना बोनस पाइने Read Next

क्लासिक टेकको इन्टरनेट जडानका लागि रिफर गर्दा ६ महिना बोनस पाइने