कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी संचालनमा

काठमाडौं । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए ।

क्लासिक टेकको इन्टरनेट जडानका लागि रिफर गर्दा ६ महिना बोनस पाइने Read Previous

क्लासिक टेकको इन्टरनेट जडानका लागि रिफर गर्दा ६ महिना बोनस पाइने

बैंकिङ प्रणालीबाट एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट एकैदिन १ खर्ब तान्दै राष्ट्र बैंक