सुनको मूल्य तोलामै ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार महँगोको रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ २६ गते सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ६५ रुपैयाँ बढेर १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं महानगरमा ९५.५  प्रतिशत साक्षरता Read Previous

काठमाडौं महानगरमा ९५.५  प्रतिशत साक्षरता

धरहरा असोज ३ देखि अस्थायी रूपमा खुला गरिने Read Next

धरहरा असोज ३ देखि अस्थायी रूपमा खुला गरिने