काठमाडौं महानगरमा ९५.५  प्रतिशत साक्षरता

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५.५ प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या ८ लाख ६२ हजार ४०० रहेको बताएको छ ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन् । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।

काठमाडौँका स्थानीय तह, प्रदेश तथा सङ्घीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा रु १ अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा Read Previous

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा

सुनको मूल्य तोलामै ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड Read Next

सुनको मूल्य तोलामै ३ हजार बढ्यो, फेरि बनायो नयाँ रेकर्ड