४०% डाउन पेमेन्टमा सामसङको मोबाइल किन्न पाइने, ब्याजदर शून्य प्रतिशत

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ ले सामसुङका मोबाइल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचर मार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सकिने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले हुलास फिन सर्भसँगको सहकार्यमा यो अफर ल्याएको हो । यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरी सामसुङको जुनसुकै प्रकारका मोबाइल फोन शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

हालका लागि यो सुविधा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

यो सुविधा पाउन ग्राहकले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गइ सोधिएको विवरण भरी आफूले चाहेको मोबाइल फोन छनोट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।

यसपछिको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको ईएमआइ भुक्तानी सेवाग्राहीहरूले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन्।

आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज, भर्चुअल भिसा कार्ड ,आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ ।

२ महिनादेखि बन्द मनकामना केबलकार असोज १ देखि संचालनमा आउने Read Previous

२ महिनादेखि बन्द मनकामना केबलकार असोज १ देखि संचालनमा आउने

रोकिएन नेप्सेको पहिरो, परिसूचक २६०० बिन्दुमा आइपुग्यो Read Next

रोकिएन नेप्सेको पहिरो, परिसूचक २६०० बिन्दुमा आइपुग्यो