रोकिएन नेप्सेको पहिरो, परिसूचक २६०० बिन्दुमा आइपुग्यो

काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि लगातार दोहोरो अंकले घट्दै आएको नेप्सेले आज पनि सोही लय कायम राख्दै २२ अंकले घटेको हो । पछिल्ला ६ दिनमै नेप्से २१९ अंकले घटेको छ ।

बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ बिन्दुमा आइपुगेको छ । आज ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३९ करोडले घटेर ६ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ । यो २ महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशतले घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ३४ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज वीन नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज एसियन हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ६.८८ प्रतिशत गुमाएका छन् ।

४०% डाउन पेमेन्टमा सामसङको मोबाइल किन्न पाइने, ब्याजदर शून्य प्रतिशत Read Previous

४०% डाउन पेमेन्टमा सामसङको मोबाइल किन्न पाइने, ब्याजदर शून्य प्रतिशत

जग्गा वर्गीकरण गर्ने समय फेरि थप, देशभर खुल्यो कित्ताकाट Read Next

जग्गा वर्गीकरण गर्ने समय फेरि थप, देशभर खुल्यो कित्ताकाट