२ महिनादेखि बन्द मनकामना केबलकार असोज १ देखि संचालनमा आउने

काठमाडौँ । झण्डै २ महिनादेखि बन्द मनकामना केबलकार आगामी असोज १ गतेदेखि संचालनमा आउने भएको छ ।

गतअसार ३१ देखि सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट आधुनिक प्रविधि (डिजिटल डि-कनेक्ट सिस्टम) मा रुपान्तरण गरिएसँगै केबलकार पुनः सञ्चालनमा आउन लागेको हो ।

मनकामना केबलकार संचालनमा आएको २६ वर्षपछि आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको हो ।

डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद Read Previous

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

४०% डाउन पेमेन्टमा सामसङको मोबाइल किन्न पाइने, ब्याजदर शून्य प्रतिशत Read Next

४०% डाउन पेमेन्टमा सामसङको मोबाइल किन्न पाइने, ब्याजदर शून्य प्रतिशत