भोलिदेखि नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा होम अपलायनसेस प्रदर्शनी हुने

काठमाडौं । भोलि (भदौ २१ गते)देखि काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स र एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडियाको आयोजनामा उक्त प्रदर्शनी हुन लागेको हो ।

३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गर्ने छन् ।तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् ।

यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।

स्वदेशमै उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लैजान, उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यो प्रर्दशनीको आयोजना  गरिएको आयोजकले जनाएको छ ।

विद्युतीय उपकरणहरूलाई  प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनिका बिधुतिय सामाग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउनुहुने समस्थ व्यक्तिहरूले लाभ उठाउन सक्नेछन् ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

काठमाडौंका ७ सहकारीको अनुसन्धान गर्न सीआइबीलाई पत्रचार Read Previous

काठमाडौंका ७ सहकारीको अनुसन्धान गर्न सीआइबीलाई पत्रचार

नेप्सेमा ७१ अंकको उतरचढाव, कारोबार रकम डेढ महिना यताकै कम Read Next

नेप्सेमा ७१ अंकको उतरचढाव, कारोबार रकम डेढ महिना यताकै कम