नेप्सेमा ७१ अंकको उतरचढाव, कारोबार रकम डेढ महिना यताकै कम

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बुधबार एकैदिन ९० अंकले घटेको नेप्सेमा आज पनि १२ अंकको गिरावट आएको हो । नेप्सेमा दिनभरमा ७१ अंकको उतरचढाव आएको थियो ।

बिहीबार नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा आइपुगेको छ । ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे ३ अर्बले घटेर ९ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ । यो डेढ महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये माइक्रोफाइनान्स र व्यापार बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । माइक्रोफाइनानस समूह सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ भने लगानी समूह १.३६ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ४० करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३४ करोड बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सका सेयरधनीले भने सर्वाधिक ८.९१ प्रतिशत गुमाएका छन् ।

भोलिदेखि नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा होम अपलायनसेस प्रदर्शनी हुने Read Previous

भोलिदेखि नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा होम अपलायनसेस प्रदर्शनी हुने

गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी Read Next

गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी