गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

काठमाडौं । मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज दिउँसो थाहा नगरपालिका-४ कुर्सी मोडमा आगलागी भएको हो ।

आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ भने कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकमा १८ जना सवार थिए ।

ट्रकको सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि अचानक आगलागी भएको बताइएको छ । दकमलको सहायतामा आगो निभाइएको थियो ।

 

नेप्सेमा ७१ अंकको उतरचढाव, कारोबार रकम डेढ महिना यताकै कम Read Previous

नेप्सेमा ७१ अंकको उतरचढाव, कारोबार रकम डेढ महिना यताकै कम

रोकिएका १३ हजार मेगावाटका आयोजनाको पीपीए खुलाउन इप्पानको माग Read Next

रोकिएका १३ हजार मेगावाटका आयोजनाको पीपीए खुलाउन इप्पानको माग