 
			काठमाडौं । आइएमई लिमिटेडले आफ्ना उत्कृष्ट १५ व्यावसायीक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ ।
अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पूरा गर्ने पन्ध्र व्यावसायीक साझेदार यो भ्रमणका लागि छनोट भएका हुन् । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायीक साझेदारलाई पनि समावेश गरिएको छ ।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायीक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखि र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
आइएर्मले हाल नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २०२ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                