 
			काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
बैंकले उद्यम गर्न चाहनेलाई छोटो समयमा नै ७५ लाख रुपैयाँसम्म कर्जा दिने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना सार्वजनिक गरेको हो। यस योजना अनुसार बैंकमा कर्जाको लागि आवेदन दिएको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ ।
युके एड सक्षम सँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना ल्याएको हो। सजिलो एक्सप्रेस कर्जाको व्याजदर १ वर्षको लागि अधिकतम १०.५ प्रतिशत हुने नबिल बैंकका सीईओ अनिल केशरी शाहले जानकारी दिए।
यस योजना अन्तर्गत १५ देखि ७५ लाख सम्मको कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । त्यस्तै ‘नबिल सजिलो एसएमई कर्जा’ नाम दिइएको योजनामा सहभागी हुन चाहनेलाई बैंकबाट पाँच लाखदेखि १ करोड ५० लाखसम्मको ऋण उपलब्ध हुने सीईओ शाहले बताए।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                