काठमाडौं । सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ।बैंकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो।
यससँगै स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्डमार्फत रकम निकाल्न सहज हुने बैंकले जनाएकाे छ ।
बैंकले हाल देशभरका १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।