काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित १२ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बरबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित नगद लाभांश पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज मिति ताेकेकाे छ । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद ल्याउन कम्पनीले धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
