निसानका गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै ऋण दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ ।

सहज कर्जा प्रदान गर्ने सम्बन्धी बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालि बीच सम्झौता भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा उपलब्ध गराउने छ ।

विद्युतीय बाहेकका अन्य गाडी खरिदका लागि ८० वर्षका लागि ५० प्रतिशत कर्जा उपलब्ध गराउने छ ।

कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, शाखा कार्यालयहरू र पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंकको हाल देशभर १०३ शाखा कार्यालयबाट करिब ८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण Read Previous

राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण

सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट Read Next

सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट