काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। सभामुख देवराज घिमिरेले बुधबार उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए।
यो विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रिय सभाबाट भदौ ६ गते पारित भएको थियो। अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ।