सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्सले टिकट खरिदमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुष्ट ५०० रुपैयाँ छुट पाउनेछन् । यो छुट सुविधा श्री एयरलाइन्सको सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुनेछ ।

यो सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले हाल देशका ६० जिल्लामा रहेका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

निसानका गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै ऋण दिने Read Previous

निसानका गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै ऋण दिने

तीन ब्राण्डका ईभी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनमै ऋण दिने Read Next

तीन ब्राण्डका ईभी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनमै ऋण दिने