नेपालगञ्जकाे पसलबाट सुनचाँदीसहित चार जना पक्राउ, संचालक फरार

नेपालगञ्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।

ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । रासस

साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्काशित Read Previous

साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्काशित

क्यानाडाद्धारा चिनियाँ ईभीमा १०० प्रतिशत कर लगाउने घोषणा Read Next

क्यानाडाद्धारा चिनियाँ ईभीमा १०० प्रतिशत कर लगाउने घोषणा