क्यानाडाद्धारा चिनियाँ ईभीमा १०० प्रतिशत कर लगाउने घोषणा

ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य–अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ ।

विद्युतीय सवारी साधन (ईभी) को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए।

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (ईयू) ले हालैका महिनाहरूमा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन् ।

क्यानाडाको अटो निर्माण उद्योगले एक लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ र ओटावाले इभीमा आफ्नो सङ्क्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय बेट्रीको आपूर्ति शृङ्खला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ ।

ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ ।

‘चिनियाँ इभीको अत्यधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ,’ क्यानाडाको अटलान्टिक तटमा रहेको ह्यालिफ्याक्समा पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रुडोले भने, ‘हामी दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र हामीले यही गरिरहेका छौँ ।’

नेपालगञ्जकाे पसलबाट सुनचाँदीसहित चार जना पक्राउ, संचालक फरार Read Previous

नेपालगञ्जकाे पसलबाट सुनचाँदीसहित चार जना पक्राउ, संचालक फरार

पहिरोले करिडोरको 'ट्रयाक'नै बगाएपछि पुल बनाइँदै Read Next

पहिरोले करिडोरको 'ट्रयाक'नै बगाएपछि पुल बनाइँदै