साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाल रास्वपाबाट निष्काशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

यसअघि रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेका थिएनन् ।

रास्वपाले ढकाललाई साधरण सदस्यबाट हटाउनु अघि पनि दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकालले भने दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि गम्भीर नैतिकताको प्रश्न उठाएका थिए ।

जापानमा प्रतिघण्टा २१६ किमी गतिको ताइफुन, हवाई उडान र रेल सेवा अवरुद्ध Read Previous

जापानमा प्रतिघण्टा २१६ किमी गतिको ताइफुन, हवाई उडान र रेल सेवा अवरुद्ध

नेपालगञ्जकाे पसलबाट सुनचाँदीसहित चार जना पक्राउ, संचालक फरार Read Next

नेपालगञ्जकाे पसलबाट सुनचाँदीसहित चार जना पक्राउ, संचालक फरार