प्रभु बैंकको नयाँ शाखा तौलिहवामा संचालन

काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आप्mनो २०२औं शाखा सञ्चालनमा ल्याएको छ ।

 

बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहज्यू गरे । बैंकको शाखा समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

यो शाखा सहित बैंकको कूलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटीएम संख्या १५२ पुगेको छ ।

 

बैंकको यस कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको छ ।

 

साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा तौलिहवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

लक्ष्मी बैंकको साधरण सभा सम्पन्न Read Previous

लक्ष्मी बैंकको साधरण सभा सम्पन्न

उपत्यका सडक विस्तार सम्पन्न हुँदै, यी सडक स्थानीयको अवरोधले बढ्नै सकेन Read Next

उपत्यका सडक विस्तार सम्पन्न हुँदै, यी सडक स्थानीयको अवरोधले बढ्नै सकेन